२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा सत्ता पक्षले अवरोध गरेर रोकिएको बैठक पुन:सञ्चालन गर्ने सहमति भएको छ।
सभामुखको कार्यकक्षमा बसेको बैठकमा सबै प्रदेश सभा सदस्यहरुको पीसीआर परीक्षण गर्ने, त्यसमध्ये कुनैलाई संक्रमण देखिए ती सदस्यलाई अलग्गै राखेर मतदान गर्न पाउने प्रदेश सभा सचिवलायले व्यवस्था गर्ने भएको छ।
बुधबार बिहान ११ बजे स्वाब संकलन गर्ने र १ बजेदेखि प्रदेश सभा बैठक शुरु हुने नेपाली कांग्रेसका सांसद बिन्दुकुमार थापाले बताए।
पीसीआर परीक्षण गर्दा पोजेटिभ आएमाअलग्गै राखेर मतदान गरिने व्यवस्था प्रदेश सभा सचिवालयले मिलाउने गरि सहमति भएको उनले बताए। पोजेटिभ आएका प्रदेश सभा सदस्यलाई बोल्न नदिइने उनले बताए।
पीसीआर गर्नुपर्ने भएकाले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको भोटिङ बिहीबार मात्र हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij