२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । उज्यालो नेटवर्क न्यूजका कार्यकारी सम्पादक अनिश तामाङ र महा-प्रबन्धक प्रभात लामा पक्राउ विरुद्ध परेको रिटमा सर्वोच अदालतले सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले दर्ता गरेको बन्दीप्रत्येक्षीकरण रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रहरीले कार्यकारी सम्पादक तामाङ र महा-प्रबन्धक लामालाई राज्यविरुद्ध कसुरमा आइतवार पक्राउ गरेको थियो ।
उक्त अनलाइनले केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सम्झौता भएको भन्दै समाचार प्रकाशित गरेको थियो ।
सम्झौतापत्र समेत राखेको थियो । तर समाचार गलत भएपछि हटाएर माफी मागेको थियो । ओली र गोयलको हस्ताक्षर राखिएको उक्त पत्रको आधिकारिकतामाथि अनेक प्रश्न उठेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij