Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न, अविश्वास प्रस्तावबारे अन्योल

जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न, अविश्वास प्रस्तावबारे अन्योल


  • 7.6K
    Shares

    जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न, अविश्वास प्रस्तावबारे अन्योल

    काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न भएको छ ।

    जसपाका शीर्ष नेताहरूको आजको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

    अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएका हुन् । बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुगेनन् । ‘कार्यकारिणीको बैठक बोलाउने विषयमा सहमति जुटेन । शीर्ष नेताहरूबीच नै फेरि छलफल गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।

    जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १४:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij