Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गण्डकीमा सत्तापक्षबाटै संसद् अवरुद्ध, कोराना परीक्षण नगरी बैठक नराख्न अनुरोध

गण्डकीमा सत्तापक्षबाटै संसद् अवरुद्ध, कोराना परीक्षण नगरी बैठक नराख्न अनुरोध


  • 5.1K
    Shares

    गण्डकीमा सत्तापक्षबाटै संसद् अवरुद्ध, कोराना परीक्षण नगरी बैठक नराख्न अनुरोध

    पोखरा । गण्डकी प्रदेशमा सत्तापक्षले नै संसद् अवरुद्ध गरेको छ । सांसदहरुको कोरोना परीक्षण नै नगरी बैठक डाकिएको भन्दै सत्तापक्षका सांसदले संसद् अवरुद्ध गरेका हुन् ।

    सांसद्हरुको होहल्लाले गर्दा सभामुखले बैठक २० मिनेटका लागि स्थगित गरेका छन् । एमाले सांसद्हरुले सबै सांसद्को पीसीआर टेस्ट गरेपछि मात्रै बैठक सञ्चालन गरिनुपर्ने भन्दै होहल्ला गरेका हुन् ।

    हिजोदेखि सुरु भएको प्रदेशको विशेष अधिवेशनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि लगाइएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्ने कार्यक्रम रहेको छ ।

    अहिले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी दलले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १३:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij