Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी केन्द्रले दिउँसो ३ बजे बोलायो स्थायी समिति बैठक, राजनीतिक गतिविधिबारे छलफल हुने

माओवादी केन्द्रले दिउँसो ३ बजे बोलायो स्थायी समिति बैठक, राजनीतिक गतिविधिबारे छलफल हुने


  • 5.0K
    Shares

    माओवादी केन्द्रले दिउँसो ३ बजे बोलायो स्थायी समिति बैठक,  राजनीतिक गतिविधिबारे छलफल हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    बैठकमा पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्रले निर्णय गर्न सकेको छैन् ।

    वैशाख ८ मा बसेको पार्टीको स्थायी कमिटी बैठकलाई समर्थन फिर्ता लिनसक्ने भन्दै निर्णायक बैठकको रुपमा चासोका साथ हेरिएको थियो । 

    ७ गतेको बैठकमा ओलीलाई अपदस्थ गर्नुपर्ने बिफ्रिङ गरेका प्रचण्डलाई नै यसको सर्वाधिकार दिइएको उपाध्यक्ष श्रेष्ठले बताएका थिए । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १२:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij