Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

यी हुन् कोभिड–१९ नियन्त्रणका लागि मन्त्रिपरिषदले गरेका निर्णय

यी हुन् कोभिड–१९ नियन्त्रणका लागि मन्त्रिपरिषदले गरेका निर्णय


  • 4.6K
    Shares

    यी हुन् कोभिड–१९ नियन्त्रणका लागि मन्त्रिपरिषदले गरेका निर्णय

    काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड-१९ संक्रमण नियन्त्रणका लागि बैशाख महिनाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । देशभरीका शैक्षिक संस्थाहरुमा हुने पठनपाठन बन्द गर्ने र उपत्यकामा वैशाख महिनाभरी निषेधाज्ञा जारी गर्ने निर्णय सरकारले गरेको हो । 

    हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि हाल अधिकतम १५ दिनसम्म निषेधाज्ञा गर्न सक्ने अख्तियारी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिएको छ ।

    आन्तरिक हवाई उडान तत्काल बन्द नगर्ने 

    सरकारले आन्तरिक हवाई उडान तत्कालका लागि बन्द नगर्ने निर्णय गरेको छ । अवस्था हेरेर मात्रै केही दिनपछि निर्णय हुने विषयमा छलफल भएको थियो । 

    नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन नदिने 

    यस्तै सरकारले नेपालाई ट्रान्जिट पोइन्ट बनाउन नदिने निर्णय गरेको छ । सरकारको निर्णयानुसार अब भारतलगायत अन्य देशबाट नेपाल आएर विदेश जान पाइने छैन ।

    बैठकले केही समययता नेपाल विदेश जाने ट्रान्जिट पोइन्टको रुपमा विकास भइरहेको भन्दै अब यसमा रोक लगाइने निर्णण गरेको हो । 

    अक्सिजनको अभाव नहुने दाबी

    सरकारले नेपालमा अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको छ । हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत अक्सिजन मात्रै खपत भइरहेको रिपोर्टिङ मन्त्रिपरिषद्मा भएको छ ।

    अक्सिजनको अभाव हुन सकने भन्दै ५० हजार सिलिन्डर ल्याउने निर्णय भएको र त्यसमा २० हजार सिलिन्टर फास्ट ट्रयाकबाट ल्याउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्रीले बताए । 

    सेनाले आठ ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्ने

    सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने भएको छ । प्रत्त्येक होल्डिङ सेन्टरको क्षमता कम्तीमा एक हजार हुनेछ । विदेशबाट आएका नेपालीलाई उक्त होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइनेछ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १२:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij