Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल सुपर लिगमा आज काठमाडौं र धनगढी भिड्दै

नेपाल सुपर लिगमा आज काठमाडौं र धनगढी भिड्दै


  • 11.7K
    Shares

    नेपाल सुपर लिगमा आज काठमाडौं र धनगढी भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज (मंगलवार) एउटा खेल हुँदै छ ।

    दशरथ रंगशालामा आज साँझ ५ः३० बजे शुरु हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी आमने सामने हुँदै छन् ।

    नेपाल राष्ट्रिय फुटबल टोलीका दुई गोलरक्षक किरण चेम्जोङ र विकेश कुथुले क्रमशः धनगढी र काठमाडौंका कप्तानी सम्हाल्ने छन् ।

    राष्ट्रिय टोलीका पनि कप्तान रहेका किरणको धनगढी एफसीले आफ्नो पहिलो खेलमा ३-० को हार बेहोरेको थियो भने बिकेशको काठमाडौं टोलीले भ्याली डर्बीमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

    धनगढी एफसी आजको खेलमा जित सँगै यस प्रतियोगिताको अंक तालिकामा आफ्नो खाता खोल्न चाहन्छ भने काठमाडौंको टोली दुई खेलमा दुई जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा छ ।

    सोमवार खेलिएको एकमात्र खेलमा एफसी चितवन र ललितपुर सिटी एफसीले १-१ गोलको बराबरी खेल खेलेका थिए ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:४६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij