Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गण्डकी प्रदेशसभा अधिवेशन शुरू हुँदै : मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव लगिँदै

गण्डकी प्रदेशसभा अधिवेशन शुरू हुँदै : मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव लगिँदै


  • 7.3K
    Shares

    गण्डकी प्रदेशसभा अधिवेशन शुरू हुँदै : मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव लगिँदै

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले दर्ता गराएको अविश्वासको प्रस्ताव सोमवार प्रदेश सभामा पेश हुँदैछ ।

    गण्डकी प्रदेश सभाको बैठक सोमवार दिउँसो २ बजे शुरू हुँदैछ । 

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै कांग्रेस र माओवादीले मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

    सोमवार बस्ने बैठकको शुरूमै मुख्यमन्त्रीमा प्रस्तावित पोखरेलले सम्वोधन गर्ने गरी कार्यसूची तय भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको अधिवेशन अन्त्य गरेका थिए । 

    हठात अधिवेशन अन्त्य गरिएको भन्दै प्रदेश कांग्रेस र माओवादी केन्द्रले विशेष अधिवेशन बोलाउन निवेदन दिएका थिए । कांग्रेस र माओवादी सांसदको माग अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गतेको लागि अधिवेशन बोलाएका थिए ।

    ६० सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री गुरुङले एमालेका २७, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र दीपक मनाङेको समर्थनमा सरकार चलाइरहेका छन् । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

    प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११ जनता समाजवादी पार्टीका २ सांसद छन् ।

    ३ सांसद रहेको जनमोर्चाको समर्थन लिएर नयाँ सरकार बनाउन कांग्रेसले जोड गरिरहेको छ । गण्डकीमा ३ सदस्य रहेको जनमोर्चाको निर्णयमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार कायम रहने या नयाँ सरकार बन्ने भन्ने छिनोफानो हुनेछ । 

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ११:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij