२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij