२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरी मतदान गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरेको छ । प्रदेश सांसदबाट निष्काशन गरिएको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा केहीबेरअघि दर्ता भएको हो ।
नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार बचाउन भूमिका खेलेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको प्रदेशसभा सांसद गुलावजंग शाहले जानकारी दिए ।
एमालेले फ्लोर क्रश गर्ने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई कारबाही गरिएको हो ।
ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् । नेकपा एमाले महाधिवेशन आयोजक कमिटिको १० वैशाखमा काठमाडौंमा बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij