२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगको तालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ । वैशाख २४ गते उमेदवारको मनोनय गर्ने कार्यतालिका छ ।
त्यस्तै, वैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने, २९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।
जेठ ६ गते वाग्मती प्रदेशको रिक्त एक स्थानमा निर्वाचन हुन लागेको हो । गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ नेकपा (एमाले) प्रवेश गरेपछि रिक्त स्थानमा निर्वाचन हुन लागको हो । एमालेले थापालाई नै उमेदवार बनाउने तयारी गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij