Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुदूरपश्चिम, धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको भव्य शुभारम्भ

सुदूरपश्चिम, धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको भव्य शुभारम्भ


  • 1.5K
    Shares

    • images
    सुदूरपश्चिम, धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको भव्य शुभारम्भ
    images

    काठमाडौं । पञ्चकन्या ग्रुप, जुन नेपालमा विश्वास, गुणस्तर र नवीनताको पर्याय बनिसकेको छ, आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयर को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। 

    नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या—अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरको विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। पञ्चकन्या बाथवेयरले सुचिन्तित रूपमा डिजाइन गरिएको प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ, जसले विलासिता, पहुँचयोग्यता, र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्दछ। 

    डिजाईन उत्कृष्टता र दिगोपनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यवसायिक स्थलहरूको दैनन्दिन अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्य राख्दछ। धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थितिले अझ भव्य बनायो।पञ्चकन्या ग्रुपका निर्देशक श्री अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पार्नुभयो।  

    पञ्चकन्या बाथवेयरका सेल्स हेड श्री बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिनुभयो।

    कार्यक्रममा निम्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो :

    पुष्कर ओझा, बरिष्ठ उपाध्यक्ष, उद्योग व्यवसायी संघ कैलाली
    चेडुलाल चौधरी, प्रबन्ध निर्देशक, चौधरी कन्स्ट्रक्सन
    प्रकाश सेठी, केन्द्रीय उपाध्यक्ष, निर्माण व्यवसायी संघ
    मुकेश जोशी, निर्देशक, स्ट्रीमलाइन इन्जिनियरिङ
    अमित भोजानिया, निर्देशक, नेत्रेश्वरी इन्टरप्राइजेज
    कुबेर शाही, अध्यक्ष, हार्डवेयर एसोसिएसन कैलाली
    छबी भण्डारी, प्रबन्ध निर्देशक, गणपती ट्रेडलिंक
    दीर्घ जोशी, सञ्चालक, सनलाइट होटल
    हरि रेग्मी, अध्यक्ष, क्रेसेन्ट सिटी स्कुल
    मान सिंह साउद, प्रबन्ध निर्देशक, चौलानी ग्रुप
    जय पृथ्वी चन्द, प्रबन्ध निर्देशक, पद्म अस्पताल
    प्रदीप थापा, निर्देशक, होटल जलसा सञ्चालक
    शैलेश कुमार सिंह, प्रबन्ध निर्देशक, नेपाल वेस्टर्न एकेडेमी
    कृष्ण गोपाल भण्डारी, प्रबन्ध निर्देशक, बीबीसी कन्सल्टेन्ट
    बिरेन्द्र जोशी, प्रबन्ध निर्देशक, सेरा इन्जिनियरिङ
    हीरालाल चौधरी, अध्यक्ष, प्लम्बर एसोसिएसन
    केशर पाण्डे, अध्यक्ष, होटल एसोसिएसन कैलाली

    कार्यक्रमले उत्पादनको परिचय मात्र नभई नेपालको बाथवेयर उद्योगको भविष्यबारे अर्थपूर्ण छलफलको माध्यम पनि बन्यो। सहभागीहरूको उत्साही सहभागिताले गुणस्तर र पहुँचयोग्यता सन्तुलन गर्ने ब्रान्डप्रति बजारको सकारात्मक तत्परतालाई पुष्टि गरेको छ।

    पञ्चकन्या समूहले नेपालमा विभिन्न विकास निर्माण कार्यको लागि उच्च गुणस्तर र दिगो समाधानहरू प्रदान गर्दै आएको छ। पञ्चकन्या बाथवेयरको परिचय कम्पनीको इतिहासमा एक अर्को महत्वपूर्ण कदम हो, जसले नेपाली उपभोक्ताको जीवनलाई सुधार्ने उत्पादनहरू उपलब्ध गराउने काम गर्दछ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १२:१७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij