२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको अध्यक्ष केपी ओलीविरुद्धको रिटको पेशी तोकिएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो । तर उक्त इजलासको ३०औँ नम्बरमा पेशी राखिएकाले आइतबार सुनुवाइको सम्भावना भने कम देखिएको छ ।
नेपालसहित चार सांसदले आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै वारेसमार्फत बिहीबार रिट निवेदन दर्ता गराएका थिए ।
नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रिट दायर गरेका हुन् । यी चारै नेतालाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन् । सांसदबाट समेत निष्काशन गर्न लागिएको भन्दै नेताहरु सर्वोच्च पुगेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij