२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत बैशाख ५ गतेदेखि स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि निष्काशन गरेको आईपीओमा आजसम्म कार्यलय अवधि भर आवेदन दिन सकिनेछ ।
प्रतिकित्ता १ सय रुपैयाँको दरले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न भएको छ । त्यसमध्ये ८ लाख ८० हजार कित्ता स्थानीयको लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूको लागि निष्कासन गर्न लागेको भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले रहेको छ ।
उक्त आईपीओमा आवेदन दिँदा १० कित्ताको लागि र बढीमा २० हजार कित्तासम्म माग गर्नको लागि आवेदन दिन सक्ने छन्। इच्छक लगानिकर्ताले वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने र पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म छन भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij