२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से १४.५३ अङ्घले घटेर २६४७.०७ विन्दुमा झरेको छ ।
२ करोड ३६ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम८ अर्ब ९१ करोड रुपैयाँमै सीमित भएको छ ।
कारोबारमा आएका १६७ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मात्रै मूल्य बढ्यो भने फाइनान्स र व्यापारबाहेक सबै समूहका सूचक घटेको छ ।
बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घटेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij