Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गोखार्ज फाइनान्सको कामु सिइओमा अर्को व्यवस्था नभएसम्मको लागि न्यौपाने नियुक्त

गोखार्ज फाइनान्सको कामु सिइओमा अर्को व्यवस्था नभएसम्मको लागि न्यौपाने नियुक्त


  • 1.4K
    Shares

    गोखार्ज फाइनान्सको कामु सिइओमा अर्को व्यवस्था नभएसम्मको लागि न्यौपाने नियुक्त

    काठमाडौं ।  गोखार्ज फाइनान्स लिमिटेडले कामु प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनिले बुधवार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद खालि रहेको र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि न्यौपानेलाई कामुको  जिम्मेवारी प्रदान गरेको हो । 

    नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत न्यौपाने वित्तीय संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत रहेका छन् । विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव न्यौपानेसँग रहेको छ । 

     

     

    images
    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ११:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij