२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मंगलबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा पुगेको छ ।
५३ हजार ४ सय ९२ पटकको कारोबारमा १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता सेयर किनबेचमा ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १२१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २३ कम्पनीको घट्यो ।
सो दिन कारोबारमा आएको १३ उपसमूहमध्ये वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक बढेको छ भने बाँकी सबै उपसमूह घटेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij