Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपालभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

नेपालभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु


  • 5.5K
    Shares

    नेपालभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि,  ८ को मृत्यु

    काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।

    योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ ।

    यही अवधिमा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

    पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

    काठमाडौँ उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १६:४५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij