Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यी खानेकुराहरु नियमित सेवन गर्दा कलेजो ड्यामेज हुन सक्छ !

यी खानेकुराहरु नियमित सेवन गर्दा कलेजो ड्यामेज हुन सक्छ !


  • 11.8K
    Shares

    • images
    यी खानेकुराहरु नियमित सेवन गर्दा कलेजो ड्यामेज हुन सक्छ !
    images

    काठमाडौं । आज विश्व कलेजो दिवस मनाइँदैछ । कलेजोसँग जोडिएका रोगबारे मानिसहरुमा जागरुकता जगाउनका लागि हरेक वर्षको १९ अप्रिलमा विश्व कलेजो दिवस मनाइन्छ ।

    कोरोना भाइरसका कारण मानिसहरुले घरबाहिर निस्कन बन्द गरेका छन् । जसकारण अधिकांशको जीवनशैली निष्क्रिय बनेको छ । साथै रोगहरुबाट बच्न मानिसहरुले इन्टिबायोटिक्सको प्रयोग बढाउँदैछन् ।

    निष्क्रिय जीवनशैली र ज्यादा एन्टिबायोटिक्सको प्रयोगले भविष्यमा कलेजोसँग जोडिएका रोग लाग्ने सम्भावना अधिक रहन्छ । यसका साथै खानपानसँग जोडिएका केही कुराहरु छन् । जसको ज्यादा सेवनले कलेजो खराब हुनसक्छ ।


    यी खानेकुरा जसले कलेजो खराब गर्नसक्छन्

    १. बेकरी प्रोडक्स तथा जंक फूड

    हाम्रो अल्छीपनाका कारण खानेकुरा बनाएर खानुभन्दा पनि प्याक गरिएका र जंकफूड खानमै हामी सहज मान्छौं । तर यस्ता खानेकुराले हाम्रो स्वास्थ्यमा गम्भीर खसर गरिरहेको ख्याल नै गर्दैनौं ।

    केक, बिस्कुट, मफिन्स जस्ता खानेकुरा सबैलाई मनपर्छ । तर, चिकित्सकका अनुसार यी बेकरी प्रोडक्टसलाई दैनिक खानामा सामेल गर्नु उचित हुँदैन । कहिलेकाँही खानाले कुनै समस्या हुँदैन ।

    तर, नियमित प्रयोगले कलेजोसँग जोडिएका रोग लाग्ने जोखिम अधिक हुन्छ । यस्ता बस्तुमा चिनी, मैदा र फ्याटको मात्रा अधिक हुन्छ ।

    २. सोडा तथा कोल्ड ड्रिङ्स

    अब गर्मी सिजन सुरु भएसँगै मानिसहरु पेय पदार्थ धेरै पिउँछन् । यदि नियमित रुपमा फिज आउने कोल्ड ड्रिङ्स पिउनुहुन्छ भने, तपाईंको कलोजो खराब हुनसक्छ । साथै अन्य कैयौं समस्याको पनि सामना गर्नुपर्ने अवस्था आउँछ ।

    यस्ता पेय पदार्थको अधिक सेवनले मोटोपनको खतरा पनि निम्त्याउँछ । मोटोपनले कलोजमा फ्याट जम्मा हुने र कलेजो पूर्ण रुपमा खराब हुने जोखिम बढ्छ ।

    ३. रातो मासु

    रातो मासुमा प्रोटिनको मात्रा अधिक हुन्छ । तर, यसलाई पचाउन कलेजोलाई मुस्किल हुन्छ । यसैकारण नियमित रातो मासुको सेवन पनि कलेजोका लागि हानिकारक मानिन्छ ।

    कलेजोले पचाउन नसक्दा प्रोटिन जम्मा हुन थाल्छ र फ्याटी लिभर डिजिजको खतरा हुन्छ । चिकित्सकहरु यसैकारण पनि रातो मासुको अधिक सेवन नगर्न सुझाव दिन्छन् ।

    ४. फास्ट फूड र नुन अधिक भएका खानेकुरा

    आधुनिकतामा नाममा हामी बजारमा पाइने अनेक प्रकारका स्पाइसी खानेकुरा खानमै बढी रुचि देखाउँछौं । अहिलेका बालबालिका त अझ घरमा बनेको खानाभन्दा तयारी खाना नै मन पराउँछन् ।

    फ्रेन्च फ्राइज, बर्गर, पिज्जा, नुन अधिक भएको आलूचिप्स, फ्रोजन फूड आदीको सेवन अधिक गर्नु कलेजो मात्रै होइन अन्य स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ ।

    यस्ता खानेकुरामा स्याचुरेटेड फ्याट र नुनको मात्रा धेरै हुन्छ । यस्ता खानेकुराको धेरै सेवनले शरीरमा इन्फ्लेमेशन हुनसक्छ । जसले कलेजोलाई पूर्ण रुपमा खराब गर्न पनि सक्छ ।

    ५. मदिरा

    खुसीयाली होस् वा पीडाको समय अधिकतर मानिसहरु मदिरा सेवनले नै खुसी साँट्ने र दुःख बाँट्ने गर्दछन् । यदि तपाईं धेरै मदिरा सेवन गर्नुहुन्छ भने कलेजो त्यसलाई पचाउनका लागि निकै कोशिस गर्दछ ।

    यसबेला कलेजोमा केमिकल रियाक्सन पैदा हुन्छ । जसले कलेजोलाई ड्यामेज नै गर्नसक्छ । मदिराले कलेजोसँग जोडिएका कैयौं समस्या उत्पन्न गराउँछ । लामो समयसम्म मदिरा सेवनले कलेजो ड्याम गर्ने जोखिम अधिक हुन्छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - ११:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij