२०८२ भाद्र २४ गते मंगलवार
पछिल्ला दिनमा आक्रामक रुपमा संक्रमण बढ्दै गएको कोरोना भाइरसको नयाँ भेरियन्टले भारतलाई सबैभन्दा बढी प्रभावित बनाएको छ ।
आज आइतबार एकैदिन भारतमा दुई लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो संख्या भारतमा हालसम्मकै उच्च हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा दुई लाख ६१ हजार नयाँ संक्रमित फेला परेका छन् भने एक हजार पाँचसय एक जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म १२ करोड २६ लाख भन्दा बढीलाई कोरोना भ्याक्सिन लगाइएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार कोरोना संक्रमणको दर अनियन्त्रित बन्दै गइरहेको छ ।
यतिमा मात्र होइन कोरोना महामारी सुरु भएदेखि हालसम्म एकैदिन सबैभन्दा बढीको मृत्यु भएको पनि पहिलोपटक हो । तथ्यांक अनुसार एक हजार पाँचसय एक जनाको मृत्यु भएको छ ।
यसअघि सबैभन्दा धेरै गत सेप्टेम्बर १५ मा एक हजार दुईसय ९० जनाको मृत्यु भएको थियो ।
यस्तो छ भारतको ताजा अवस्था
जम्मा संक्रमित : १, ४७, ८८, १०९
संक्रमणमुक्त : १, २८, ०९, ६४३
सक्रिय संक्रमित : १८, ०१, १६
मृतक : १, ७७, १५०
भारतमा जारी राखिएको कोरोनाविरुद्धको भ्याक्सिन अभियानको कुरा गर्दा हालसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनालाई भ्याक्सिन लगाइएको छ ।
भारत सरकार र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धीत सबै प्रमुख संस्थानहरु लगातार परीक्षण, ट्रेसिङ, सर्भिलेन्स र उपचारमा लागिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij