Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

७ वर्षको प्रेमसम्बन्धपछि विवाह गर्दै कप्तान रेनुका

७ वर्षको प्रेमसम्बन्धपछि विवाह गर्दै कप्तान रेनुका


  • 8.4K
    Shares

    ७ वर्षको प्रेमसम्बन्धपछि विवाह गर्दै  कप्तान रेनुका

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी छन् ।

    लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी रौतहट चपुुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले पारिवारिक सहमतिमा विवाह गर्न लागेका हन् ।

    ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका रेनुका र अविशेकले उक्त सम्बन्धलाई मंगलबार विवाहमा परिणत गर्न लागेका हुन् । लामा हाल काठमाडौमा व्यापार गर्दै आएका छन्।

    आज आफूहरुले हिन्दु परम्परा अनुसार विवाह गर्न लागेको कप्तान रेनुकाले बताइन् । करिब ८ वर्षदेखि राष्ट्रिय टोलीमा रहेकी रेनुका एपीएफकी समेत सदस्य हुन् ।

    जर्सी नम्बर ७ मा मैदानमा देखिने रेनुका १३ औं दक्षिण एशियाली खेलकुद (साग), साफ च्याम्पियनसिप र टोकियो ओलम्पिकको दोस्रो चरणसम्म पुग्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - ११:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij