२०८२ भाद्र २४ गते मंगलवार
भारतमा कोरोनाभाइरसको दैनिक संक्रमण साढे २ लाख माथि पुगेको छ । शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो ।
शुक्रबारभन्दा शनिबार संक्रमितको संख्या ११.५ प्रतिशतले बढेको छ । शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए ।
संक्रमितको संख्या बढेसँगै मृतकलाई संख्या पनि उकालो लागेको छ । शनिबार भारतभरि १ हजार ४ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमित संख्या बढे पनि यसपालिको मृत्युदर पहिलो लहरको भन्दा कम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले आउने दिनमा मृत्युदर पनि बढ्ने अनुमान गरिएको छ ।
भारतमा अहिले सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमण फैलिएको छ । शनिबारमात्रै त्यहाँ ६७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने राजधानी नयाँदिल्लीमा २४ हजार संक्रमित थपिएका छन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij