२०८२ चैत्र २ गते सोमवार
नेपालमा आज (फागुन २४ गते) एकैदिन भूकम्पका ३ धक्का गएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३:१४ बजे म्याग्दीमा ४ म्याग्निच्युड र यसको ३ घण्टापछि बिहान ६:२० बजे बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प गएका हुन्।
यसपछि आजै दिउँसो २:३५ बजे तिब्बत केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौँसम्म धक्का महसुस भएको हो। साथै पूर्वी जिल्लामा पनि धक्का महसुस भएको बताइएको छ। ‘आज एकैदिन नेपालमा भूकम्पका ३ धक्का गएका छन्’, भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने।
यसैबीच काठमाडौँ उपत्यकामा ८ दिनको फरकमा भूकम्पका २ धक्का गएका छन्। यसअघि फागुन १५ गते राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ नराम्ररी हल्लिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij