Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अमेरिकामा अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले गरे आत्महत्या

अमेरिकामा अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले गरे आत्महत्या


  • 5.3K
    Shares

    अमेरिकामा अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले गरे आत्महत्या
    images

    अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् ।

    इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् । 

    कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन ।  घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो ।

    अमेरिकाकै बिहीबार राति सान एन्टोनियो विमानस्थल बाहिर गोली चलाउने एक हमलाकारीलाई प्रहरीले मारेको छ । प्रहरी अधिकारीहरुका अनुसार ती बन्दुकधारीहरुले टेक्सासको उत्तरी भागस्थित हाइवेमा पनि गोली चलाएका थिए । एजेन्सी

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १३:३३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij