२०८२ भाद्र ८ गते आइतवार
एउटा अध्ययनको रमाइलो निचोड थियो, ‘एक वर्षमा पति-पत्नीको ३६५ दिन नै ठाकठुक पर्छ । तर, सबै दम्पतीको हकमा यस्तो नहुन सक्छ । किनभने दम्पती पनि एकैनासका हुँदैनन्, फरक-फरक हुन्छन् । यसबारे पनि एउटा गजब वर्गीकरण गरिएको छ, जस अनुसार ६ प्रकारका दम्पती हुन्छन् ।
१. परिपक्क दम्पती
३. नौटंकी दम्पती
४. रोमान्टिक दम्पती
५. सन्तुलित दम्पती
६. बेपर्वाह दम्पती
सामान्य जस्तो लाग्न सक्छ तर दम्पती भनेको सम्पूर्ण परिवारको पूर्ण मियो हो । दम्पतीबीचको सम्बन्ध कस्तो छ ? त्यसै अनुरुप उनीहरुको पारिवारिक संरचना निर्माण हुने हो। अतः दाम्पत्य जीवन जति धेरै मधुर, पारदर्शी, विश्वसनीय, सहयोगी हुन्छ उत्तिनै राम्रो हुन्छ उनीहरुको परिवार पनि । दाम्पत्य जीवनलाई कसरी बलियो र रसिलो बनाउने त ?
विगतको गल्तीलाई नकोट्याउने
विगतका राम्रा पक्षबारे कुरा गर्नुपर्छ । तर, विगतमा भएका नराम्रो कुरा र गल्तीलाई कोट्याउनु हुँदैन । विगतको कुराले पार्टनरलाई अप्ठेरो पर्नेछ भने त्यस्तो कुरा गर्नुहुँदैन । एक अर्काको भावनालाई ध्यानमा राखेर कुरा गर्दा दाम्पत्य जीवन सुखमय बनाउन सकिन्छ ।
आलोचना गर्नु छ भने पनि मायाले गर्ने
वैवाहिक जीवनमा प्रेम र विश्वास कायम राख्न दुवैले कहिँलेकाँही एक अर्काको आलोचना गर्नु जरुरी हुन्छ । तर, आलोचना गर्दा ठूलो स्वरमा झर्केर गर्नु भन्दा सानो स्वरमा मायालु शब्दले गर्नु राम्रो हुन्छ । तिमीले यो कुरा अलि बिगारेछौँ यसलाई यसरी सुधार्ने भनेर सुझाव सहितको आलोचनाले दाम्पत्य जीवनलाई थप सुमधुर बनाउँछ ।
विवादलाई नसुल्झाई सुत्न हुँदैन
यदि कुनै दम्पती दिनभर झगडा गरेर त्यो कुरा नसुल्झाई रिसाएर सुत्छन् भने त्यो कुराले फेरि भोलिपल्ट झगडा पर्न सक्छ । त्यसैले कुनै कुरामा विवाद भएको छ भने त्यसलाई सुल्झाएर मात्र सुत्नुपर्छ । यसो गर्दा त्यो विवादले बढ्न पाउँदैन ।
एक-अर्काको निर्णयलाई सम्मान गर्ने
यदि आफ्नो पार्टनरको निर्णयलाई सम्मान गरियो भने प्रेम अझै बढ्छ। यसो गर्दा पार्टनरले पनि तपाईँको निर्णयलाई सम्मान गर्छन् । यसले दुईबीचको समझदारी बढाउँछ र दाम्पत्य जीवनलाई पनि सुमधुर बनाउँछ ।
दुनियाँको वास्ता नगर्ने, एक अर्कालाई विश्वास गर्ने
श्रीमान्-श्रीमतीको सम्बन्ध विश्वासमा आधारित हुन्छ । त्यसैले एक अर्काको कुरा सुन्ने र त्यसमा विश्वास गर्नुपर्छ । यदि पति वा पत्नीले आफ्नो पार्टनरको कुरामा विश्वास नगरेर अन्य व्यक्तिको कुरा सुनेर त्यसमा विश्वास गर्दा सम्बन्ध बिग्रन सक्छ ।
एक-अर्का बीच भएको बहसमा एक जनालाई जित्न दिने
पति वा पत्नी कुनै पनि मुद्दामा सधैँ सही हुनु आवश्यक छैन । पहिले आफ्नो पार्टनरको कुरा पूरा सुन्नुपर्छ र त्यसपछि मात्र कुनै निर्णय लिनुपर्छ । म सही छु भनेर ढिपी गर्नु हुँदैन। वैवाहिक जीवनलाई राम्ररी चलाउनका लागि, जुनसुकै मुद्दाको गहिराइसम्म पुगेर जो सही हो उसलाई जित्न दिनुपर्छ ।
केही गल्ती गरेको छ भने स्वीकारेर माफी माग्ने
गल्ती जोकोहीबाट हुनसक्छ । तर, राम्रो सम्बन्ध कायम राख्न त्यो गल्तीलाई स्वीकारेर माफी माग्नुपर्छ । गल्ती भएको अवस्थामा आफ्नो गल्तीका लागि स्वेच्छाले माफी माग्ने र सच्याउन सक्ने क्षमता हुनुपर्छ । यसो गर्दा सम्बन्ध अझै प्रगाढ हुन्छ ।
कुनै कुरामा झगडा पर्दा एक जना शान्त हुने र अर्कोको कुरा सुन्ने
पति-पत्नीबीच सामान्य झगडा र मनमुटाब हुनु स्वाभाविक नै हो। तर, एकको गल्तीलाई अर्कोले औँल्याएर सकारात्मक रूपमा बुझाउन सकिन्छ। एक जना रिसाएका बेला अर्को शान्त भएर उसको कुरा सुनेर उसलाई बुझाउन सक्यो भने झगडा शान्त हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij