Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पुरुषले उठेर पिसाब फेर्नुहुँदैन, किन?

पुरुषले उठेर पिसाब फेर्नुहुँदैन, किन?


  • 2.6K
    Shares

    पुरुषले उठेर पिसाब फेर्नुहुँदैन, किन?
    images

    टुक्रुक्क बसेर पिसाब फेर्नुपर्ने हाम्रो पूर्वीय परम्परा नै हो । तर अधिकांश पुरुषले उठेरै पिसाब फेर्ने गरेको पाइन्छ । हुन त टाइट पाइन्टजस्तो आधुनिक पहिरनले गर्दा सजिलै बस्न नमिल्ने भएर पनि पश्चिमी शैली अनुशरण गरी पुरुषहरुले उठेरै पिसाब फेर्ने गरेका हुन सक्छन् । महिलाहरुले भने उभिएर पिसाब फेर्न असजिलो हुने भएकाले जस्तोसुकै परिस्थितिमा पनि बसेर पिसाब फेर्ने गरेको पाइन्छ ।

    यसरी उठेर पिसाब फेर्ने पश्चिमी शैलीभन्दा बसेर पिसाब फेर्ने पूर्वीय शैली निकै स्वस्थकर रहेको कोलकातास्थित विवेकानन्द चिकित्सा विज्ञान प्रतिष्ठानका स्नायु विशेषज्ञ अमर चक्रवर्तीले एक कन्फरेन्समा बताएका थिए । उनका अनुसार बसेर भन्दा उठेर पिसाब फेर्नेहरु बेहोस हुन सक्ने सम्भावना बढी हुन्छ । अधिकांश पुरुषहरुले उठेर पिसाब फेर्ने क्रममा आँखा अगाडि अँध्यारो छाउने र रिँगटा लाग्ने गुनासो गरेका छन् ।

    स्नायु विशेषज्ञ चक्रवर्तीले एक न्युरोलोजी कन्फरेन्समा प्रस्तुत गरेको प्रतिवेदनमा पिसाब फेर्दा मानव शरीरमा रगत शरीरको तल्लो भागमा बग्ने हुँदा बसेर पिसाब फेर्दा मस्तिष्कमा रगतको अभाव नहुने जनाएका थिए । बसेर पिसाब फेर्दा पिसाब एकै ठाउँमा पर्ने हुँदा प्रदूषणबाट पनि बच्न सकिन्छ । त्यसैले बसेरै पिसाब फेर्नु धार्मिक एवं वैज्ञानिक दुवै हिसाबले राम्रो हुन्छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०८१ बिहिवार - २०:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij