Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आगामी चैत १० गते

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आगामी चैत १० गते


  • 1.4K
    Shares

    नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आगामी चैत १० गते
    images

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ।  यही फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले  साधारण  सभा आगामी चैत १० गते  बस्ने भएको छ । 

    पर्वतको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा बिहान ११:३० बजे आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।  

    साधारण सभाले संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेको छ। बोनस सेयर जारीपश्चात् चुक्तापूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पनि पेश गरिने छ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८१ बुधवार - ११:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij