Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बालुवाटारमा ओलीले महन्थ ठाकुर संग दुई घण्टा बसेर प्रचण्ड-माधव सिध्याउन बनाए यस्तो योजना 

बालुवाटारमा ओलीले महन्थ ठाकुर संग दुई घण्टा बसेर प्रचण्ड-माधव सिध्याउन बनाए यस्तो योजना 


  • 9.4K
    Shares

    बालुवाटारमा ओलीले महन्थ ठाकुर संग दुई घण्टा बसेर प्रचण्ड-माधव सिध्याउन बनाए यस्तो योजना 

    प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको आज तीन घन्टा लामो छलफल भएको छ । सत्ता समीकरण पेचिलो बन्ने चरणमा उक्लिएपछि ठाकुर विहिवार विहान ९ वजे वालुवाटार छिरेका थिए । 

    आज विहान ९ वजे ठाकुर सहित जसपाका कार्यदल सदस्यहरु सर्बेन्द्र नाथ शुक्ला  र लक्ष्मणलाल कर्ण पनि वालुवाटार छिरेका थिए । जसपाका  नेताहरु संग प्रधानमन्त्री ओली सहित कार्यदलका अन्य सदस्य  सुुभाष नेम्बाड, विष्णु पौडेल र राजन भटराईले सम्बाद गरेको बालुवाटार श्रोतले बतायो। 

    ठाकुर र ओली सहित कार्यदलका सदस्यहरु एक घन्टा वसेको र त्यस पछि प्रम ओली र ठाकुर एक्लै दुुई घन्टा जती छलफल गरेको स्रोतले बताएको छ। माधव नेपाल र प्रचण्डलाई सिध्याउने गरि कांग्रेस संग सहकार्य गर्ने ठोस निर्णय भएको श्रोतको भनाई छ।  मधेश बाट प्रचण्ड धपाउन र माधव नेपाल चुनाबमा उठे पत्तासाफ बनाउने सम्मको कुरा भएको बुझिएको छ। 

    अघिल्लो हप्ता मात्रै जसपाले आफना नेता तथा कार्यकर्ता माथी मधेश तथा थरुहट आन्द्योलनताका मुद्धाहरु लागेका २ सय ८ थान कागजातहरु गृहमन्त्रालयमा पेश गरेका थिए ।

    प्रधानमन्त्री ओली जसपाले उठाउदै आएका मुद्धा फिर्ता, बन्दीहरु रिहाई र संविधान संशोधनको मुद्धामा साकारात्मक बने पछि जसपाले संवाद अगाडी वढाएका थिए । यद्यपी जसपाका नेता उपेन्द्र यादव र बाबुराम भटराई यसको विरोध गर्दै आइरहेका छन । यादव र भटराई गत मंगलवार मात्रै काग्रेस सभापति शेरबहादुर देउवासंग भेटेका थिए । आज ओली र ठाकुर बीच भएको वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १६:५६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij