Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

लघुवित्त कम्पनीहरुले ६ महिनाको अवधिमा २ अर्ब नाफा कमायो

लघुवित्त कम्पनीहरुले ६ महिनाको अवधिमा २ अर्ब नाफा कमायो


  • 1.4K
    Shares

    लघुवित्त कम्पनीहरुले ६ महिनाको अवधिमा २ अर्ब नाफा कमायो
    images

    काठमाडौं ।  लघुवित्त कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तिय विरिण सार्वननिक गरेको छ । ६ महिनाको अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

    दोस्रो त्रैमाससम्मको अवधिमा छिमेक लघुवित्तले ५१ करोड १८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । डिप्रोक्स लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ,  साना किसानले ५१ करोड ७७ लाख ५५ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले ११ करोड ८३ लाख, स्वरोजगार लघुवित्तले ८ करोड ८० लाख र स्वाभिलम्बन लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ, नेशनल लघुवित्तले २१ करोड ५२ लाख, जीवन विकास लघुवित्तले २० करोड ५४ लाख, ग्रामिण विकास लुघवित्तले १८ करोड १८ लाख, निर्धन उत्थान लघुवित्तको १३ करोड ६० लाख, नाफा कमाएको छ ।

    दोस्रो त्रैमाससम्मको अवधिमा सबैभन्दा महिला लघुवित्तको १.८६  रहेको छ । स्वाभिमान लघुवित्तको ३.४२ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.१० प्रतिशत, अभियान लघुवित्तको ४.१२ प्रतिशत र गणपति लघुवित्तको ४.१३ प्रतिशत  साना किसान लघुवित्तको २.२७ प्रतिशत, आरएसडिसि लघुवित्तको २.७१ प्रतिशत, डिप्रोक्स लघुवित्तको २.७२ प्रतिशत, गुराँस लघुवित्तको २.७८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको २.९१ प्रतिशत, नेशनल लघुवित्तको ३.०४ प्रतिशत,खराब कर्जा रहेको छ ।

    यस अवधिमासमता घरेलु लघुवित्त, विन विकास लघुवित्त, सामुदायिक लघुवित्त,  नेष्डो लघुवित्त, इन्फिनिटि लघुवित्त, मातृभुमि लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणत्मक रहेको छ । 

    दोस्रो त्रैमाससम्मको अवधिमा प्रतिसेयर आम्दानी मिथिला लघुवित्तको ३८.२४ रुपैयाँ, नेशनल लघुवित्तको ३२.३४ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३१.८४ रुपैयाँ, उपकार लघुवित्तको ३१.७२ रुपैयाँ, कालिका लघुवित्तको ३०.४९ रुपैयाँ, जनउत्थान लघुवित्तको २८.८० रुपैयाँ र स्वाभिमान लघुवित्तको २७.८३ रुपैयाँ, महिला लघुवित्तको ६७.३७ रुपैयाँ, सिर्जनशिल लघुवित्तको ३४.४० रुपैयाँ, सिवाईसि नेपालको ३२.४० रुपैयाँ, युनिक लघुवित्तको ३६.९०,  ग्लोबल आइएमई लघुवित्तको ३८.२४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । सात कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०८१ बिहिवार - १४:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij