Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

म्यान्मारमा सुरक्षाकर्मीले चलाए स्वास्थ्यकर्मीमाथि गोली

म्यान्मारमा सुरक्षाकर्मीले चलाए स्वास्थ्यकर्मीमाथि गोली


  • 8.2K
    Shares

    म्यान्मारमा सुरक्षाकर्मीले चलाए स्वास्थ्यकर्मीमाथि गोली
    images

    म्यान्मारका सुरक्षाकर्मीहरूले बिहीवार म्यान्डलेमा लोकतन्त्रसमर्थक स्वास्थ्यकर्मीहरूमाथि गोली चलाएको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

    गोलीप्रहारका कारण केही मानिस हताहत भएको बताइएको छ । फेब्रुअरी १ मा सेनाले गरेको कूपछि लोकतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन् । 

    स्वास्थ्यकर्मीहरू कूविरुद्धको आन्दोलनको अग्रमोर्चामा छन् । उनी बिहानै म्यान्डलेमा भेला भएका थिए तर सैनिकहरू आएर उनीहरूलाई तितरबितर पारेका थिए । त्यसक्रममा गोली चलाएको र केही मानिसलाई हिरासतमा लिइएको मिज्जिमा समाचार संस्थाले लेख्यो । 

    कूका कारण म्यान्मार संकटमा निरन्तर फस्दै गएको छ । दिनहुँ विरोध कार्यक्रम तथा हडताल भइरहेका छन् । अर्थतन्त्र ठप्प भएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १६:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij