Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विपन्नलाई निःशुल्क ‘डायलिसिस’ उपलब्ध गराउने प्रयास

विपन्नलाई निःशुल्क ‘डायलिसिस’ उपलब्ध गराउने प्रयास


  • 1.6K
    Shares

    विपन्नलाई निःशुल्क ‘डायलिसिस’ उपलब्ध गराउने प्रयास
    images

    काठमाडौं । विपन्न मिर्गौला रोगीहरूलाई निःशुल्क ‘डायलिसिस’ सेवा उपलब्ध गराउने पवित्र उद्देश्य राखेर रूपन्देहीका नागरिकहरूले आर्थिक स्रोत जुटाउने प्रयास थालेका छन् । सामुदायिक स्तरबाट थालिएको यस प्रयासमा सहयोग जुटाउने उद्दश्यले आयोजित ‘महायज्ञ’बाट ६६ लाख रूपियाँ सङ्कलनसमेत गरिएको छ ।

    रहनसहन र आहारविहारमा परिवर्तन भएसँगै मिर्गौला रोगीको सङ्ख्या पनि बढ्दै गएको छ । तर, त्यसअनुपातमा राज्यले उपचारको पर्याप्त सुविधा उपलब्ध गराउन सकेको छैन । अर्कातिर, मिर्गौलाको उपचार अपेक्षाकृत महँगो हुने भएकाले पनि विपन्न जनताको पहुँचमा हुँदैन । 

    मिर्गौला रोगको उपचारमा मूलतः प्रत्यारोपण र डायलिसिस गर्ने गरिन्छ । यी दुवै सेवा महँगा हुन्छन् । विपन्नमात्र होइन निम्नमध्यम वर्गका नागरिकको समेत उपचार गर्न नसकेर मृत्यु हुने वा घरखेत बेचेर उपचार गराउनुपर्ने अवस्था हुन्छ ।

    सम्भवतः यही करुणाजनक अवस्थाबाट द्रवीभूत भएर नै रूपन्देहीका अग्रणी समाजसेवीहरूले विपन्न नागरिकलाई निःशुल्क डायलिसिस सेवा उपलब्ध गराउने अनुष्ठान थालेका हुन् । उनीहरूको अभियानमा स्थानीय जनताबाट दिइएको साथ पनि उत्तिकै सराहनीय छ ।

    यथार्थमा निजी क्षेत्रको महँगो उपचार सेवाको विकल्प र अपर्याप्त सरकारी स्वास्थ्य सेवाको पूरकका रूपमा सामुदायिक क्षेत्रबाट सेवा उपलब्ध गराउने प्रयासहरू भइरहेका छन् । यस्ता प्रयासलाई राज्य र निजी क्षेत्रले पनि भरथेग गरेका शिक्षामा जस्तै स्वास्थ्य सेवामा पनि उल्लेखनीय सहयोग हुनसक्छ ।

    सरकारी क्षेत्रको भन्दा सहज र गुणस्तरीय तथा निजी क्षेत्रका तुलनामा सस्तो उपचार सेवा उपलब्ध गराउन विकसित देशहरूमा वैयक्तिक वा सामुदायिक गुठीहरू स्थापना गरिएका हुन्छन् । नेपाली समाजमा प्रचलित ‘गुठी’को प्रकृतिका त्यस्ता प्रतिष्ठान राज्य र व्यावसायिक क्षेत्रको समेत सहयोगमा सञ्चालन गरिएको हुन्छ । 

    रूपन्देहीमा प्रस्तावित मिर्गौला उपचार तथा डायलिसिस केन्द्र पनि समुदायबाटै स्रोत जुटाएर सञ्चालन गर्ने लक्ष्य राखिएको देखिन्छ । यसैले संघ र प्रदेश सरकारका साथै स्थानीय तहले पनि आआफ्नो तहबाट हुनसक्ने सहयोग जुटाएर समाजसेवीहरूको सपना चरितार्थ गर्न सहयोग गर्नुपर्छ ।

    रूपन्देही देशको प्रमुख औद्योगिक व्यावसायिक केन्द्रमध्येको पनि हो । यसैले यहाँका व्यवसायीहरूले पनि उदार मनले यस पुनीत कार्यमा सहयोग गर्ने अपेक्षा राखिएको हुनुपर्छ । व्यावसायिक प्रतिष्ठानले व्यावसायिक सामाजिक उत्तरदायित्व ९कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी०अन्तर्गत यस केन्द्रको स्थापनाका साथै सञ्चालनमा पनि सहयोग गर्नु उपयुक्त हुने देखिन्छ । 

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - १६:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij