Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर


  • 1.4K
    Shares

    सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
    images

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर बैंकले केही संख्यामा शाखा प्रबन्धक र रिलेसनशिप म्यानेजर, लिगल अफिसर र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको छ।

    शाखा प्रबन्धक पदमा आवेदन दिन इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। बैंक वा वित्तीय संस्थाहरूमा क्रेडिट र मार्केटिङका क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिइने बैंकले जानकारी दिएको छ। 

    रिलेसनशिप म्यानेजरको बैंक वा वित्तीय संस्थामा क्रेडिट र मार्केटिङ क्षेत्रमा ३ वर्षभन्दा बढीको कार्यानुभव भएको हुनु पर्नेछ। बिएफआईमा आरएम–क्रेडिट वा जोखिम अधिकृतको रूपमा सेवा काम गरेकालाई प्राथमिकता दिइने  बैंकले जानकारी दिएको छ। 

    लिगल अफिसरले मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन विषयमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। गोल्ड टेस्टर पदमा आवेदन दिनेलें२ वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। बैंक वा वित्तीय संस्थाहरूमा सुनको परीक्षकको रूपमा काम गरेको वा सुन पसलमा कम्तीमा २ वर्ष  काम गरेको अनुभव भएको हुनु पर्नेछ।

    इच्छुक व्यत्तिले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेबैंकले जानकारी दिएको छ।

     

     

    प्रकाशित मिति :फाल्गुण १ २०८१ बिहिवार - १३:३५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij