Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चिनियाँ खोप भारतीय व्यापारीलाई लगाउन रोक

चिनियाँ खोप भारतीय व्यापारीलाई लगाउन रोक


  • 8.2K
    Shares

    चिनियाँ खोप भारतीय व्यापारीलाई लगाउन रोक
    images

    सरकारले अबदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भारतीय मूलका व्यापारीलाई लगाउन रोक लगाएको छ ।

    चीनले आफ्नो देश जाने तयारीमा रहेका व्यापारी तथा अन्य व्यक्तिले चीनकै खोप लगाएको हुनु पर्ने निर्णय गरे पछि केही भारतीय व्यापारी काठमाडौँ आएर चिनियाँ खोप लगाएको खुलेपछि हाल भारतीय नागरिकलाई चिनियाँ खोप लगाउन रोकिएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।

    तर, नेपालमा नै ६ महिना देखि बसोबास गरेको भए सम्बन्धित वडाले सिफारिस गरेको भए वा व्यपार व्यवसाय गर्दै आएकाहरुको हकमा भने राजस्व तिरेको रसिद छ भने खोप लगाउन नरोकिने बताए ।

    यस्तै, दूतावासबाट सिफारिस लिएर आउनेहरुलाई भने खोप लगाउन नरोकिएको डा गौतमले बताए । उनले भने 'हामीले यही लामो समय देखि विभिन्न व्यवसाय गरेर बसेका विशेषगरी  बस्ने फलफुल तथा तरकारी व्यापारीहरुले पहिले खोप लगाउने सूचीमा राखिएको थियो तर भारतबाटै खोप लगाउनै आएको खुलेपछि हाल यही बसेको पुष्टि नभएका भारतिय नागरिकलाई खोप लगाउन रोकिएको छ ।'

    खोप लगाउन कै लागि भारतबाट आएका कतिले खोप लगाए भन्ने बारे अनुसन्धान भइरहेको समेत उनले बताए । सरकारले चीनले अनुदान स्वरुप दिएको ८ लाख डोज 'भेरोसेल' खोप चैत  २५ देखि लगाउन सुरु गरेको थियो ।

    सुरुमा सरकारले चीनमा अध्ययन तथा व्यापार व्यावसाय गर्ने व्यक्तिहरु र पहिलो चरणमा खोप लगाउन छुटेकाहरु, फलफूल तथा तरकारी व्यापारी, औषधि व्यावसायी, खेलाडीहरुलाई खोप लगाइएको थियो । तर ३० चैत देखि ४० बर्ष देखि ५९ बर्ष उमेर समूहका आम सर्वसाधारणलाई खोप लगाउन सुरु गरेको छ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १२:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij