Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लुम्बिनी प्रदेशमा बढ्यो किचलो, मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन क-कसले उचाले खुट्टा ?

लुम्बिनी प्रदेशमा बढ्यो किचलो, मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन क-कसले उचाले खुट्टा ?


  • 9.1K
    Shares

    लुम्बिनी प्रदेशमा बढ्यो किचलो, मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन क-कसले उचाले खुट्टा ?

    काठमाडौं । एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै यसपछि बनेको नयाँ राजनीतिक समीकरणको असर लुम्बिनी प्रदेशमा पनि देखा परेको छ।

    योसँगै लुम्बिनी प्रदेशमा पनि एमाले९ओली० पक्षले मात्रै सरकार सञ्चालन गर्न नसक्ने अवस्था देखिएको छ। प्रतिनिधिसभा विघटन गरेको तथा साविक नेकपामा हुँदा एकलौटी ढंगले अघि बढेको आरोपसहित माओवादी केन्द्रले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सहकार्य नहुने जनाइसकेको छ।

    अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस र जसपासँग गठबन्धन नबन्दा सरकारलाई दिएको समर्थन कायमै राखेको माओवादी केन्द्रले प्रदेश सरकारमा कांग्रेससँग गठबन्धनको प्रयास थालेको छ।

    लुम्बिनी प्रदेशमा अविश्वासको तयारी थालिएको छ। लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारी अनुसार दुई दलले तयारी तीव्र पारेका छन्।

    सोही समझदारी अनुसार दुई दलले दुबै प्रदेशका एमालेका ओली पक्षीय मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका हुन्। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा छलफल चलिरहेको लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुदर्शन बरालले बताए। वर्षे अधिवेशन सञ्चालन हुँदासम्म छलफल भइरहने बताए।

    लुम्बिनी प्रदेश सभामा कूल सांसद संख्या ८७ मध्ये सरकार बनाउन ४३ मत आवश्यक पर्छ। यसका लागि १९ सिट रहेको कांग्रेस, २० सिट रहेको माओवादी केन्द्र र ६ सिट रहेको जसपाबीचको गठबन्धन जरूरी देखिन्छ।

    त्यसको कसरतमा माओवादी र कांग्रेसका नेताहरूलाई जसपासँग सघन छलफल गरिरहेको जनाइएको छ। लुम्बिनीमा एमालेको एक्लैको ४१ सिट छ। एमालेलाई सरकार जोगाउन कम्तीमा दुई सांसद जरूरी देखिन्छ। अविश्वासको प्रस्ताव दर्ता हुने डरले बिजनेश नपाएको भन्दै लुम्बिनी प्रदेशसभालाई स्थगित गरिसकेको छ।

    विधेयक अधिवेशन मानिने अधिवेशन अन्त्य गरिनु गलत भएको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि समेत जनाउँदै आएका थिए।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १२:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij