Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओली सरकारले मुलुक बनाउन लगायो यस्तो जुक्ती, मन्त्रीका खानदानलाई नियुक्ती नै नियुक्ती  

ओली सरकारले मुलुक बनाउन लगायो यस्तो जुक्ती, मन्त्रीका खानदानलाई नियुक्ती नै नियुक्ती  


  • 8.4K
    Shares

    ओली सरकारले मुलुक बनाउन लगायो यस्तो जुक्ती, मन्त्रीका खानदानलाई नियुक्ती नै नियुक्ती  

    काठमाडौं । केपी ओली नेतृत्वको सरकारले भूमि आयोगको नाममा जिल्ला जिल्लामा आफ्ना समर्थकहरुलाई भर्ति गरी सुरु गरेको अभियान खेलकुद र युवा परिषद हुँदै किसान आयोगसम्म आइपुगेको छ । प्रधानमन्त्री ओलीले किसान आयोगको पदाधिकारी नियुक्तिका लागि कषि तथा पशुपंक्षी मन्त्री पद्मा आर्यालको अध्यक्षतामा सिफारिस समिति बनाएका थिए । मन्त्री अर्यालको नेतृत्वमा कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की र विज्ञका रुपमा कृषि विश्वविद्यालय सेवा आयोगका अध्यक्ष कल्याणी मिश्र सदस्य रहेको सिफारिस समितिले आज वा भोलि अध्यक्षमा प्रेम दंगाल र सदस्यहरुरुमा पुष्पा भूसाल लुईटेलसहितको नाम सिफारिस गर्दैछ ।

    प्रधानमन्त्री ओलीलाई विगत लामो समयदेखि गुट बनाउन सहयोग गर्दैआएका दंगाल यसअघि युवा स्वरोजगारको अध्यक्षका रुपमा नियुक्ति खाइसकेका हुन् । अब उनलाई राज्यमन्त्रीसरहको सुविधा दिएर किसान आयोगको अध्यक्षमा नियुक्ति गर्न लागिएको छ । मन्त्री अर्याल नेतृत्वको समितिले उनलाई नै अध्यक्षका रुपमा सिफारिस गर्ने संभावना प्रबल रहेको छ । प्रधानमन्त्री ओलीले सुरेन्द्रमोहन शर्मालाई अध्यक्षमा नियुक्ति गर्ने आश्वासन दिए पनि उनी प्रलोभनमा नपरेपछि दंगालले मौका पाउने भएका छन् ।

    आयोगको सदस्यमा  मन्त्री पदमा अर्यालका निजी सचिव टेकप्रसाद लुईटेलकी पत्नी पुष्पा भूसाल लुईटेलको सिफारिस गरिएको छ । उपसचिव लुईटेल मन्त्री अर्यालका भूमिब्यवस्था मन्त्रालयदेखिकै निजी सचिव हुन् । मन्त्री अर्यालका लागि सरुवा बढुवा र ठेक्कापट्टामा अर्थ संकलन गर्ने भूमिका राम्रो खेलेबापत यसअघि उनकी पत्नी पुष्पालाई लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा नियुक्ति गरिएको छ ।

    एमालेमा बर्षौ दुःख गरेकालाई उपेक्षा गर्दै मन्त्रीका पीएका श्रीमतीलाई खातमाथि खात नियुक्ति दिन पदमा अर्याल लागेकी छन् । गोमालमान श्रेष्ठसँग चुनाव लड्दा ठूलो रकम खर्च भएकाले त्यो असुली नभएको भन्दै उनी पीएका श्रीमतीलाई एकपछि अर्को नियुक्ति दिंदैछिन् । 

    प्रदेश योजना आयोगबाट अब पीए पत्नी पुष्पालाई किसान आयोगमा बिशिष्ट श्रेणीको सुविधा पाउनेगरी किसान आयोगमा नियुक्तिका लागि मन्त्री अर्यालले सिफारिस गरेकी छन् ।

    हाल लुम्बिनी प्रदेश योजना आयोगकी सदस्य पुष्पा भूसाल लुईटेलले आफूले किसान आयोगको सदस्यको लागि आवेदन दिएको बताइन् । उनले कृषिमन्त्री पदमा अर्यालका निजी सचिव टेकप्रसाद लुईटेल आफ्नो श्रीमान भएको पनि स्वीकारिन् ।

    किसान आयोगको नियुक्ति सिफारिसका बारेमा सिफारिस समितिका सदस्य कृषि मन्त्रालयका सचिव कार्कीसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - ११:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij