Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

कामना सेवा बैंकद्वारा बैंकिङ एण्ड विजनेस कन्क्लेभ आयोेजना

कामना सेवा बैंकद्वारा बैंकिङ एण्ड विजनेस कन्क्लेभ आयोेजना


  • 1.2K
    Shares

    कामना सेवा बैंकद्वारा बैंकिङ एण्ड विजनेस कन्क्लेभ आयोेजना

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनको सहकार्यमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ ।

    पछिल्लो समयमा व्यवसायी र बैंकबीचको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिव ६० भन्दा वढि युवा व्यवसायीको सहभागीता थियो ।

    पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले उक्त कार्यक्रमको मध्यस्तता गरेका थिए । कार्यक्रममा कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्कि र नेपाल युवा उद्यमी मञ्च चितवनका पुर्व अध्यक्ष तथा व्यवसायी सुर्यभक्त अधिकारी वक्ताको रुपमा रहेका थिए ।

    एफसिए विमन कार्किले आर्थिक चक्रका हरेक चरणमा बैंक र व्यवसायीहरु वीच फरक मत रहे पनि प्रचलित कानुन र नियमको अधिनमा नरहने व्यवसायीलाई आर्थिक रुपमा दवाव पर्ने जानकारी दिए ।

    उनले नेपाल राष्ट्र बैंक तथा बैंकहरुले निर्धारण गरेका नियमलाई पालना गरि आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने तथा वित्तीय विवरणहरुको पारदर्शिता कायम गर्न यस्ता कार्यक्रममार्फत् व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए ।

    नेपाल युवा उद्यमी मञ्च चितवनका पुर्व अध्यक्ष तथा युवा व्यवसायी सुर्यभक्त अधिकारीले व्यवसायीहरु कोभिड १९ को चपेटावाट अगाडी वढ्न नपाउदै नियमनकारी निकायका विभिन्न नितीका कारण थप समस्यामा परेको जानकारी दिए । उनले व्यवसायवाट पलायन हुन सक्ने भएकाले बैंकहरुले साना तथा मझौला व्यवसायीलाई संरक्षण गर्नुपर्ने आग्रह गरे ।

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएपनी दिर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने वताए ।

    पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले होटल व्यवसायहरु कोभिड १९ देखि नै थलिएको हुँदा बैंकहरुले विशेष माया गर्नुपर्ने धारणा राखे ।

    चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार, सडक संजालको ढिलो निर्माण, युवा जनशक्तीको विदेश पलायन लगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको जानकारी दिए ।

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - १३:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij