२०८२ माघ १३ गते मंगलवार
गण्डकीमा नयाँ सरकार बनाउने विषयमा बिहीबार बिहान बसेको माओवादी र कांग्रेस संसदीय दलको बैठक भर्खरै सकिएको छ ।
दुई दलको बैठकमा मन्त्रालय बाँडफाँटको कुरा हुने भनिएता पनि यो विषयलाई थाती राखेर आजै अविश्वासको प्रस्ताव दर्ता गर्नेमा सहमति जुटेको छ ।
संयुक्त बैठकबाट बाहिरिएपछि माओवादी केन्द्रको संसदीय दलको छुट्टै बैठक बस्ने र अविश्वास प्रस्तावको लागि हस्ताक्षर संकल्न गर्ने निर्णय भएको छ ।
'अब दलको बैठक बस्छौँ र हस्ताक्षर संकलन गर्छौँ,' सांसद दीपक कोइरालाले भने । उनका अनुसार मन्त्रालय र राजनीतिक भागबन्डा विषय हाललाई थाती राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij