Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी


  • 7.2K
    Shares

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी

    नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

    दुई दलबीच अविश्वासको प्रस्तावको विषयमा छलफल भइरहेको लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता  वीरेन्द्र कनोडियाले बताए । 

    केही दिनमै अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको उनको भनाइ छ । ‘वर्क आउट हुँदै छ, उनले भने, ‘आज नै अविश्वासको प्रस्ताव दर्ता हुँदैन ।’ सरकार बाहिरका  दलहरुबीच आन्तरिक छलफल तीव्र भएको उनले जानकारी दिए ।

    कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा सहमति जुटेसँगै दुबै प्रदेशमा अविश्वासको प्रस्तावको तयारी गरिएको हो । गण्डकीमा भने आजै अविश्वासको प्रस्ताव दर्ताको तयारी छ ।

    लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद छन्  । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १०:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij