Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीले हत्तु पारेपछि बाबुराम र उपेन्द्र देउवा गुहार्न पुगे बूढानीलकण्ठ

ओलीले हत्तु पारेपछि बाबुराम र उपेन्द्र देउवा गुहार्न पुगे बूढानीलकण्ठ


  • 5.9K
    Shares

    ओलीले हत्तु पारेपछि बाबुराम र उपेन्द्र देउवा गुहार्न पुगे बूढानीलकण्ठ

    काठमाडौं । सत्ता समीकरणको चर्चा चले संगै पछिल्ला दिनमा नेपालको राजनिती गर्माएको छ। प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । 

    बूढानीलकण्ठस्थित देउवा निवासमा जारी भेटवार्तामा सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार भेटमा उपेन्द्रसहित जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पनि सहभागी छन् ।

    यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले आफ्नै नेतृत्वमा सरकारका लागि पहल गर्ने निर्णय गरेको थियो । कांग्रेसले माओवादी केन्द्र र जसपासँग पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव यसअघि बसेको तीन दलको बैठकमा राखेको थियो ।  कांग्रेसले नयाँ सरकार गठनका विषयमा औपचारिक निर्णय गर्न जसपालाई आग्रह पनि उक्त बैठकमा गरेको थियो । 

    केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पछिल्लो समय छलफल भइरहेको छ । तर, जसपाले सरकारबारेको धारणा स्पष्ट नपार्दा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन । 

    जसपाभित्र ओली नेतृत्वको सरकारमा सहभागी हुने वा एमालेइतर दलको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भन्ने विषयमा मतान्तर कायमै छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीलाई साथ दिएर अघि बढ्ने पक्षमा छन् भने अध्यक्ष यादव र भट्टराई ओलीको विकल्प तत्काल खोज्नु पर्ने अडानमा छन् । तर उक्त अडानले खासै काम गर्ने भने देखिएको छैन।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १६:५४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij