Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

के तपाईं अमला खानुहुन्छ ?

के तपाईं अमला खानुहुन्छ ?


  • 2.6K
    Shares

    के तपाईं अमला खानुहुन्छ ?
    images

    अमलालाई पोषक तत्त्वको राजा रूपमा लिइन्छ। अमलामा मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ। जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ। अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौँ। यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ।

    यस्ता छन् अमलाका फाइदाहरू

    अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ। बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ। अमलाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ। किड्नीसँग सम्बन्धित रोगहरु लाग्दैन।

    अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ। दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ।

    यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ। अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ।

    प्रकाशित मिति :माघ २० २०८१ आइतवार - ०६:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij