Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रचण्डका विश्वासपात्र मुख्यमन्त्री बाट हट्ने यसरी लाग्यो टुंगो, प्रचण्डलाई फेरि अर्को ठक्कर !

प्रचण्डका विश्वासपात्र मुख्यमन्त्री बाट हट्ने यसरी लाग्यो टुंगो, प्रचण्डलाई फेरि अर्को ठक्कर !


  • 7.9K
    Shares

    प्रचण्डका विश्वासपात्र मुख्यमन्त्री बाट हट्ने यसरी लाग्यो टुंगो, प्रचण्डलाई फेरि अर्को ठक्कर !

    काठमाडौँ । एमालेका तीन मन्त्रीले राजीनामा दिदै सरकारलाई दिएको समर्थन फिर्ता लिए संगै कर्णाली सरकार अल्पमतमा परेको थियो। अल्पमतमा परेपछि  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्‍वासको मत लिने तयारीमा छन् । कर्णाली प्रदेश सभामा एमाले बहुमतमा रहेकाले एमालेको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्ने बताइरहँदा मुख्यमन्त्रीले विश्‍वासको मत लिने तयारी गरेका हुन् । 

    मुख्यमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने एमाले सांसद सुशील थापाले बताए । ‘मुख्यमन्त्रीले विश्‍वासको मत लिन सक्नु हुदैन’ सांसद थापाले भने, ‘उहाँले बैशाखमा राजीनामा दिएपछि एमालेको नेतृत्वमा सरकार गठन हुन्छ ।’
     
    मुख्यमन्त्रीले विश्‍वासको मत लिनुभन्दा राजीनामा दिनु पर्ने थापाले बताए । ‘अहिले माओवादी केन्द्रको १२ जना सांसद हुनुहुन्छ । यसमा उहाँहरूले १३ पनि पुर्‍याउन सक्नुभएको छैन’ थापाले भने, ‘यस अवस्थामा उहाँहरूले कसरी विश्‍वासको मत लिन सक्नुहुन्छ र १’ मुख्यमन्त्रीले अन्तिम समयसम्म विश्‍वासको मत लिने प्रयास गरे पनि सफल नहुने थापाले बताए ।
     
    कर्णाली प्रदेश सभामा माओवादीका सांसद धर्मराज रेग्मी सोमबार पदमुक्त भएपछि ४० सदस्यीय कर्णाली प्रदेशसभा ३९ सदस्यमा झरेको छ । हाल माओवादी संसदीय दलमा १२ सांसद छन् । विश्‍वासको मत लिन २० सांसद आवश्यक पर्छ ।  कर्णाली प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् । माओवादी र कांग्रेसका सांसद जोड्दा पनि आवश्यक संख्या पुग्दैन । शाही प्रचण्डका बिश्वास पात्र हुन्। मुख्यमन्त्री शाहीले पद बाट मुक्त भएपछी त्यसको असर प्रचण्ड सम्मलाई पर्ने बुझिएको छ। 

    यस्तो अवस्थामा राप्रपाका एक सांसदको समर्थन लिन र एमालेको माधव नेपाल समूहको सहयोग लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले मुख्यमन्त्री अल्पमतमा नरहेको बताए । उनले मुख्यमन्त्रीले बैशाख तीन गते संसद बैठकमा विश्‍वासको मत लिएर अघि बढ्ने बताए । 

    यता एमाले एकमत भएर विश्वासको मतको विपक्षमा मतदान गरेमा नयाँ सरकार पनि उसकै बन्ने सम्भावना बलियो भएर जाने संकेत देखिएको छ  । प्रदेश सभामा एमालेका २० ९सभामुखसहित० सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले एमालेलाई सरकार बनाउन अन्य दलका एक सांसदको एक मत आवश्यक पर्छ । माओवादीलाई जस्तो एमालेलाई तीन वटा पार्टीको सहयोग जुटाउनुपर्ने जटिलता छैन। राप्रपाका एक सांसदको सहयोग पाएमा सरकार गठन गर्न सक्छ । 

     एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बैशाख तीन गते बोलाइएको संसद बैठकपछि सरकार गठनको विषयमा कुरा उठाउने बताए ।  ‘मुख्यमन्त्रीले विश्‍वासको मत लिन्छु भन्‍नुभएको छ’ उनले भने, ‘उहाँले विश्‍वासको मत लिने वा राजीनामा दिने विषयमा टुंगो लागेपछि हामी अगाडी बढ्छौ ।’

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १६:०५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij