Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति

आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति


  • 1.4K
    Shares

    आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति
    images

    काठमाडौं । चिकित्सा शिक्षा सङ्घर्ष अभियानले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता २५ हजार रुपैयाँ तोकिएकोमा आपत्ति जनाएको छ । स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्ता मासिक न्यूनतम २५ हजार रुपैयाँ तोकिएको छ ।

    संयोजक मनिष भट्टराईसहितका पदाधिकारीले जारी गरेको विज्ञप्तिमा आवासीय चिकित्सकहरूको न्यूनतम निर्वाह भत्ता २५ हजार तोकिनु निकै दुस्खद भएको जनाए । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले गरेको उक्त निर्णय फिर्ता लिन समेत माग गरेको छ ।

    अवैज्ञानिक र नियोजित रूपमा मन्त्रीस्तरीयबाट भएको निर्णय फिर्ता लिनुपर्ने माग गरेको हो । आवासीय चिकित्सकहरूका माग सम्बोधन नगरिएको खण्डमा सम्पूर्ण मेडिकल तथा पारामेडिकल फेकल्टीका साथै पीजीरइन्टर्न विद्यार्थीहरूका साथमा जुनसुकै समयमा पनि आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।

    माघ १४ गते शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले तीन बुँदे निर्णय गर्दै आवासीय चिकित्सकहरूको निर्वाह भत्ता तोकेका थिए । त्यसको विरोधमा आवासीय चिकित्साहरू आन्दोलनमा छन् । आन्दोलनरत चिकित्सकहरूलाई सरोकारवाला क्षेत्रबाट ऐक्यबद्धता समेत आइरहेको छ ।

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १२:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij