Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीलाई हटाउने खेल चल्दै गर्दा मोदीका दूत भोले काठमाडौँमा के-के गरेर भारत फर्किए ?

ओलीलाई हटाउने खेल चल्दै गर्दा मोदीका दूत भोले काठमाडौँमा के-के गरेर भारत फर्किए ?


  • 10.8K
    Shares

    ओलीलाई हटाउने खेल चल्दै गर्दा मोदीका दूत भोले काठमाडौँमा के-के गरेर भारत फर्किए ?

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएर भारतीय साम्सद उतै फर्किएका छन्।  भारतीय जनता पार्टीका नेता काठमाण्डुमा महत्वपूर्ण भेटवार्ता गरी फर्किएका हुन्  ।

    बीजेपीका सांसद देबेन्द्र सिंह भोले एक दिने काठमाण्डुको राजनीतिक भेटवार्ता सकेर स्वदेश फर्किएका छन् । उनले विभिन्न नेताहरुसँग भेटवार्ता गरेर सोमबार बिहान ११ बजे भारत फर्किएको स्रोतले जानकारी दियो ।

    उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद समेत रहेका भोले आइतबार अपरान्ह काठमाण्डु ओर्लिएका थिए । नेपालमा सत्ता समीकरणको खेल चलिरहेका बेला सांसद भोलेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    केपी ओली नेतृत्वको सरकारमा जाने वा कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकार गठनमा सहभागी हुने भन्ने विषयमा जनता समाजवादी पार्टीभित्र विवाद बढिरहेको छ ।

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष अ‍ोली सरकारलाई समर्थन गर्ने मनस्थितिमा छ भने उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षले नयाँ सरकार निर्माणमा सहयोग गर्नुपर्ने बताउँदै आएको छ ।

    नेपाली कांग्रेसले सरकार निर्माणका लागि आवश्यक संख्या नपुग्ने संकेत पाइसकेको छ । सभापति शेरबहादुर देउवाले जसपाको ढुलमुले नीतिका कारण नयाँ सरकार गठनमा संख्या नपुग्ने छाँट पाइसकेका छन् । भोलेले सबै दलका नेतालाई सुटुक्क भेटेको श्रोतको भनाई छ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १३:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij