Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालमा कोरोनाको दोश्रो लहर सुरु : जोखिम न्यूनीकरण गर्न आज नयाँ मापदण्ड घोषणा हुँदै

नेपालमा कोरोनाको दोश्रो लहर सुरु : जोखिम न्यूनीकरण गर्न आज नयाँ मापदण्ड घोषणा हुँदै


  • 9.0K
    Shares

    • images
    नेपालमा कोरोनाको दोश्रो लहर सुरु : जोखिम न्यूनीकरण गर्न आज नयाँ मापदण्ड घोषणा हुँदै
    images

    काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको छ । कोरोना भाइरसको दोश्रो लहर सुरु भएसँगै यसको जोखिमलाई हेर्दै सरकारले विभिन्न मापदण्ड लागू गर्न लागेको छ ।

    यसअघि कोरनाको जोखिम उच्च भएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो ।

    यस प्रस्तावमा छलफल गर्न हिजो मन्त्रीपरिषद् बैठक पनि बसेको थियो । तर बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो । केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।

    सरकारले तत्काल कुनै क्षेत्र बन्द गर्ने निर्णय गर्नुपूर्व कोरोनाको नयाँ प्रजातिबारे जनचेतना फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्ने भएको हो । सोहीअनुरुप उपप्रधानमन्त्री इश्वर पोखरेलले आज संचार माध्यमबाट कोरोना भाइरस सम्बन्धी नयाँ मापदण्ड बारे अपिल गर्ने कार्यक्रम छ ।

     

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १२:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij