Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फेन्सी व्यवसायी संघ नेपालको ‘तेस्रो सडक महोत्सव’ सम्पन्न 

फेन्सी व्यवसायी संघ नेपालको ‘तेस्रो सडक महोत्सव’ सम्पन्न 


  • 2.2K
    Shares

    फेन्सी व्यवसायी संघ नेपालको ‘तेस्रो सडक महोत्सव’ सम्पन्न 
    images

    काठमाडौं । फेन्सी व्यवसायी संघ, नेपालको एक दिवसीय ‘फलफूल चोक (पहिको चोक) तेस्रो सडक महोत्सव’ सम्पन्न भएको छ । फेन्सी व्यवसायी संघ, नेपालका अध्यक्ष रोशन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा उपमेयर डंगोलले फेन्सी व्यवसायी संघ, नेपालले सडक महोत्सवको आयोजना गरी आफूलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा संघलाई धन्यवाद दिएकी थिइन् । उनले यस प्रकारको सडक महोत्सवले व्यवसायी बीच एकताको भावना जगाउने र यस्ता कार्यक्रमबाट ग्राहकहरु समेत लाभान्वित हुने धारणा ब्यक्त गरिन् ।

    संघका सल्लाहाकार चित्र भुजेलले संचालन गरिएकोे कार्यक्रममा संस्थाका उपाध्यक्ष निरेश शाहीले मन्तव्यमार्फत कार्यक्रममा उपस्थितहरुलाई स्वागत गरेका थिए । स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष शाहीले संघद्वारा आयोजित महोत्सवको उद्देश्य  सामूहिकताको भावना र सहयोगलाई वृद्धि गर्दै अगाडि बढ्नुका साथै सांस्कृतिक विविधता र साझा व्यापारिक दृष्टिकोणको विकास गर्नु रहेको धारणा राखे ।

    सोही अवसरमा संस्थाका संरक्षक एवम् संस्थापक सचिव राजेन्द्र श्रेष्ठले संघ स्थापनाको मर्म र महत्वबारे प्रकाश पार्दै संघको स्थापना हुनु आफैमा महत्वको विषय भएको र स्थापित संघको प्रभावकारी निरन्तरता अझ महत्वपूर्ण भएको बताए ।

    उक्त कार्यक्रममा संघलाई उल्लेख्य सहयोग गरेकोमा सनिरकुमार महर्जन र ‘पहिको युवा क्लव’ का साथै ‘नेवाः देय् दबू येँ महानगर १६ नं. वडा समितिको अध्यक्षको हैसियतमा नेपालभाषा र नेवाः संस्कृतिको प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेकोमा सानुराजा महर्जनलाई सम्मान गरिएको थियो । 

    विभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न उक्त महोत्सवको औपचारिक कार्यक्रमको समापन गर्दै क्लवका अध्यक्ष रोशन श्रेष्ठले सडक महोत्सव आयोजना गर्नुको उद्देश्य समाजमा सृजनशीलता र विविधताको विकास गर्नुका साथै स्थानीय उत्पादन र व्यवसायलाई पनि प्रवद्र्धन गर्ने रहेको बताए । ‘यस्तो कार्यक्रमले व्यवसायलाई मात्र चिनाउँदैन, बरु हाम्रो समाजका विविध पक्षलाई पनि एक आपसमा जोड्ने काम गर्दछ ।’ उनको कथन थियो । 

    cc395d61-7484-4bd4-b237-1ca9900b126b.jpg

    a68cdc93-cce4-4770-ac75-ff3be2ca80ca.jpg

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - १५:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij