२०८२ माघ १८ गते आइतवार
काठमाडौं । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेसल टास्क फोर्स क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताएका छन् ।
अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा सङ्गठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिएका छन् । एक बुथ सय यूथ सबै बुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन ईन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij