२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ ।
च्यवनप्राशको सेवन गरे छाला नरम र चम्किलो हुन्छ । बढ्दो उमेरसँगै देखिने बुढ्यौलीलाई कम देखाउन पनि च्यवनप्राशको सेवन लाभदायक हुन्छ । यस्तै स्मरणशक्ति बढाउन र पाचन प्रणालीमा पनि च्यवनप्राश फाइदाजनक मानिएको छ ।
डाबर च्यवनप्राशमा विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रण हुने कम्पनीको दाबी छ ।
कसरी प्रयोग गर्ने च्यवनप्राश ?
च्यवनप्राशको जहिलेसुकै समयमा सेवन गर्न सकिन्छ । अझ जाडो मौमसमा यसको सेवन गर्दा शरीरलाई थप फाइदा गर्छ । च्यवनप्राशलाई सिधै पनि खान सकिन्छ, तर तातो दूध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ ।
वयस्कका लागि एक चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा खान सकिन्छ । ३ देखि १२ वर्षका बच्चाको लागि दैनिक दुइर्पटक आधा चम्चा खुवाउनुपर्छ ।
च्यवनप्राशको यस्तो छ फाइदा
च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । धुलो र मौसम परिवर्तनका कारण हुने खोकी र चिसोमा यो लाभदायक हुन्छ । यसले शरीरमा जोश, जाँगर बढाउन पनि मद्दत पुर्याउँछ ।
च्यवनप्राशको सेवनले पोषकतत्वको कमी र गलत पाचन प्रणालीका कारण हुने कुपोषण विरुद्ध लड्न पनि सहयोग पुर्याउने बताइन्छ । च्यवनप्राशमा विभिन्न रसायन जडिबुटी भएकाले विभिन्न प्रकारका संक्रमणविरुद्ध पनि यसले काम गर्ने कम्पनीहरु दाबी गर्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij