२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । ७० करोड घुस मागेको अभियोग खेपिरहेका नेकपा उमालेका सांसद गोकुल बाँस्कोटा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिस अनुसार बाँस्कोटा सो समिति सदस्य बनेका हुन् । यो भए पछि दुधको साक्षी बिरालो र चोरलाई चाबी भन्ने भनाईको सान्दर्भिकता पुष्टी भएको छ।
बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समितिमा भएका हेरफेरको सूची प्रतिनिधि सभाको बैठकमा सोमबार पेश गरेका हुन् ।
नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको थियो । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij