Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कर्णाली प्रदेशसभाको बैठक वैशाख ३ गतेका लागि आह्वान

कर्णाली प्रदेशसभाको बैठक वैशाख ३ गतेका लागि आह्वान


  • 6.6K
    Shares

    कर्णाली प्रदेशसभाको बैठक वैशाख ३ गतेका लागि आह्वान

    वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले संसद् बैठकको आह्वान गरेको छ । कर्णाली सरकारले प्रदेशसभाको बैठक वैशाख ३ गतेलाई बोलाउने निर्णय गरेको हो ।

    २९ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गते संसद् बैठककोआह्वान गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले वैशाख ३ गते दिउँसो २ बजे बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवत्ता विमला केसीले जानकारी दिइन् ।

    त्यस्तै, मन्त्रिपरिषद् बैठकले कालीकोटको नरहरिनाथ गाउँपालिका वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णयसमेत गरेको छ ।

    कर्णाली खेलकुद परिषद्को सदस्यमा जाजरकोट नलगाड नगरपालिका–५ का इन्द्रबहादुर शर्मालाई मनोयन गर्ने निर्णय भएको प्रवत्ता केसीले बताइन्  ।

    कर्णाली प्रदेश सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायको लागि जीविकोपार्ज र आयआर्जन कार्यक्रम संचालन कार्यविधि स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १६:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij