Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रचण्डको शैली हरुवा अभिव्यक्ति भन्दै ओलीले भने-तिम्रो समर्थन तिमी नै लैजाउ, चाहिएको छैन मलाई

प्रचण्डको शैली हरुवा अभिव्यक्ति भन्दै ओलीले भने-तिम्रो समर्थन तिमी नै लैजाउ, चाहिएको छैन मलाई


  • 5.3K
    Shares

    प्रचण्डको शैली हरुवा अभिव्यक्ति भन्दै ओलीले भने-तिम्रो समर्थन तिमी नै लैजाउ, चाहिएको छैन मलाई

    काठमाडौँ । विपक्षीले राजीनामा मागेर हत्तु बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने दोहोर्‍याएका छन् । आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत ओलीले चुनौती दिएका छन् ।

    पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने-‘मसँग बहुमत छ, किन राजीनामा दिने रु बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

    आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

    समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको ओलीको भनाइ छ । यस्ता धाक धक्कुसँग आफू नडराउने समेत प्रधानमन्त्रीले बताए ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने बताए । अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको दावी गरे ।

    कांग्रेस नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको भन्दै ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप लगाए । र चुनाब बाट हिसाबकिताब गर्ने उनको तर्क थियो।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १६:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij